त्रिभुवन आर्मी फुटबल क्लवले राष्ट्रिय महिला लिगमा चौदण्डीगढी नगरपालिकालाई फराकिलो अन्तरले पराजित गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा आर्मी फुटबल क्लवले चौदण्डीगढीलाई १२–० को फराकिलो अन्तरले पाखा लगाएको हो। आर्मी एफसीको जितमा शर्मीला थापा एक्लैले ५ गोल गरिन्।
सपना लामाले दुई तथा हेमा चौधरी, अञ्जली वाईवा, बिमला चौधरी, विमला विक र रश्मी घिसिङले एक–एक गोल गरे।
जितसँगै आर्मी एफसीले शीर्ष स्थानको नेपाल एपीएफ क्लवसँगको अंक दुई ५ मा झारेको छ। लिगमा ६ खेल खेलेको एपीएफ अपराजित रहँदै १८ अंकमा तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट आर्मीले १३ अंक जोडेको छ।
६ खेल खेलेको चौदण्डीगढी सबै खेलमा पराजित भएर अंकविहिन हुँदै तालिकाको पुछारमा छ।
3
Shares

प्रतिक्रिया