एमबाप्पेका अनुसार नेमार पीएसजी परियोजनाका केन्द्र हुन् र उनी भने नेमारका सहयोगी हुन्।
नेमारसँग आफ्नो सम्बन्ध निकै सुमधुर भएको बताउँदै एमबाप्पेले फ्रान्स फुटबलसँग भनेका छन्,‘मलाई लाग्छ महान खेलाडीहरु सँगै खेल्नका लागि बनेका हुन्। म नेमारसँगै खेल्न पाउँदा निकै खुशी छु।’
उनले भनेका छन्,‘जब म पीएसजीमा आवद्ध भए हाम्रो भूमिका स्थापना भइसक्यो। नेमार पीएसजीका केन्द्र हुन् म उनको सहयोगी।’
नेमार सन् २०१७ मा बार्साबाट विश्वकै महँगो फुटबलरको रुपमा पीएसजी आवद्ध भएका थिए। नेमारको आगमनसँगै पीएसजीले च्याम्पियन्स लिग जित्ने योजना बनाएको छ।
गत सिजनको च्याम्पियन्स लिगमा पीएसजी फाइनलमा बायर्न म्युनिखसँग पराजित भएको थियो। एमबाप्पे भन्छन्,‘नेमारलाई सबै थाहा छ मैदानमा के गर्नुपर्छ के गर्नुपर्दैन।’
आफूलाई क्लबमा नेमारले धेरै सहयोग गरेको पनि एमबाप्पेले बताएका छन्।
Shares

प्रतिक्रिया