खेल


राष्ट्रिय महिला लिगमा उदयपुरको चन्द्रपुर नगरको पहिलो जित

राष्ट्रिय महिला लिगमा उदयपुरको चन्द्रपुर नगरको पहिलो जित

नेपालखबर
माघ १२, २०७७ सोमबार ११:२२,

सविता राना मगरको ह्याट्रिक मद्दतमा चन्द्रपुर नगरपालिका उदयपुरले राष्ट्रिय महिला लिगमा पहिलो जित दर्ता गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चन्द्रपुरले चौदण्डीगढीलाई ७–१ को फराकिलो गोल अन्तरले पाखा लगाएको हो।

चोदण्डीगढीकी अञ्जना थुलुङले २३ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्।

No description available.

खेलको पहिलो हाफमा चौदण्डीगढीले बनाएको अग्रता जोगाउन नसक्दा हार भोग्न बाध्य भयो।

प्लेयर अफ दि म्याच बनेकी सविता रानामगरले खेलको ५१, ६९ र ७८ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरकी थिइन्। दिलकुमारी राना मगरले पहिलो दोस्रो हाफको अतिरिक्त समयमा २ गोल गरिन्। रजनी थोकरले ४७ र सुनिता बोलानले ८५ औं मिनेटमा गोल गरिन्।

लिगमा भोलि नेपाल पुलिस क्लव र वालिङ नगरपालिका स्याङजा तथा त्रिभुवन आर्मी फुटबल क्लव र सशस्त्र प्रहरीको एपीएफ क्लवबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad