खेल


नेपाल पुलिस क्लबलाई जितका लागि प्रदेश–२ ले दियो १ सय ७० रनको लक्ष्य

नेपाल पुलिस क्लबलाई जितका लागि प्रदेश–२ ले दियो १ सय ७० रनको लक्ष्य

नेपालखबर
माघ १२, २०७७ सोमबार ७:१,

ललित राजवंशी चम्केपछि प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश २ ले नेपाल पुलिस क्लबसामु १ सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ।

समूह चरणको अन्तिम खेलमा प्रदेश २ सान्त्वना जितको खोजीमा हुँदा पुलिस क्लब सेमिफाइनल प्रवेशको दाउमा छ।

आजको खेलमा पुलिस क्लवले प्रदेश २ लाई पराजित गरे सेमिफाइनल प्रवेश गर्नेछ भने पराजित भए लुम्बिनी प्रदेशले अन्तिम ४ मा स्थान सुरक्षित गर्नेछ।

जारी खेलको नतिजाले लुम्बिनी प्रदेशको भाग्य तय गर्नेछ। हिजो भएको खेलमा वाग्मती प्रदेशसँग बराबरी खेलेपछि लुम्बिीनीले सेमिफाइनलमा स्थान बनाउन आजको खेलको नतिजा कुर्नुपर्ने भएको हो।

मूलपानी क्रिकेट मैदानमा पुलिस क्लवले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ४७ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६९ रनको योगफल तयार पारेको हो।

चिसो पिचका कारण ४७ ओभरमा छोट्याइएको खेलमा प्रदेश २ का हरिशंकर शाह ५३ रन जोड्दा रन आउट भए। ८४ बलको सामना गरेका शाहले ५ चौका र १ छक्का हाने। शिमांशु दत्तले १६, कप्तान सुरज कुर्मीले १३ रन जोडे। रवि सिंह र विशाल सुस्लिङले समान १२ रन जोडे।

पुलिस क्लबका ललित राजवंशी एक्लैले ४ विकेट झारे। ८ ओभर बलिङ गरेका ललितले १ मेडन राख्दै ३७ रन खर्चे।

सागर ढकालले १० ओभरमा ३ मेडन राख्दै ३६ रन खर्चेर २ विकेट झारे। पवन सर्राफले १० ओभरमा २४ रन दिदै १ विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .