कला


२६ वर्षकै उमेरमा कोरियाली अभिनेत्री सङ यो–जङको निधन, आत्महत्या गरेको आशंका

२६ वर्षकै उमेरमा कोरियाली अभिनेत्री सङ यो–जङको निधन, आत्महत्या गरेको आशंका

नेपालखबर
माघ १२, २०७७ सोमबार ७:१,

२६ वर्षकै कलिलो उमेरमा सङ योको निधन भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

उनको जनवरी २३ अर्थात् शनिबार निधन भएको बताइएको छ। यद्यपी हालसम्म उनको मृत्युको कारण खोलिएको छैन।

उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ। यसअघि कोरियाली संचारमाध्यमले उनले आत्महत्या गरेको समाचार प्रकाशित गरेतापनि पछि हटाएका थिए।

सोमबार अभिनेत्री सङ योको अन्त्येष्टि गरिनेछ। उनले सन् २०१३ मा कस्मेटिक पदार्थको विज्ञापनमा मोडेलिङ गर्दै अभिनय यात्रा तय गरेकी थिइन्।

पछि उनले चर्चित रोमान्टिक ड्रामा गोल्डेन रेनबो, मेक योर विस, स्कुल २०१७ तथा सन् २०१९ मा डियर माइ नेमजस्ता टेलिभिजन नाटकमा पनि काम गरिन्।

उनले चर्चित कोरियाली गीतमा पनि अभिनय गरेकी छिन्। कलाकारितामा राम्रो छलाङ लिइरहँदा उनको निधन भएको हो।

यो पनिः दक्षिण कोरियामा कोरोना मृत्यु दरभन्दा बढी महिला आत्महत्या, त्यहाँ किन आत्महत्या भइरहेछ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad