उक्त खेलहरुमा बार्सिलोना, एथ्लेटिको मड्रिड र ओसासुनाले जित निकाल्दा सेल्टाभिगो र एइबरले एक–एक गोलको बराबरी खेले।
बार्सिलोनाले एल्चीमाथि २–० को जित निकालेको हो भने एथ्लेटिकोले भ्यालेन्सियामाथि ३–१ को जित निकालेको हो।
यस्तै ओसासुनाले पनि ग्रानडालाई ३–१ गोलले पराजित गरेको हो।
ला लिगामा हालसम्म एथ्लेटिको मड्रिड शीर्ष स्थानमा छ। १८ खेल खेलेको एथ्लेटिकोको लिगमा ४७ अंक छ भने १९ खेल खेलेको रियल मड्रिड ४० अंकसहित दोस्रो स्थानमा छ।
बार्सिलोना भने यस प्रतिस्पर्धामा हाल लिगको तेस्रो स्थानमा छ। बार्साको १९ खेलबाट ३७ अंक भएको छ।
3
Shares
प्रतिक्रिया