सुनिल धमलाको शतक मद्दतमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्टिय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ३ सय ११ रनको विशाल लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय १० रनको योगफल तयार पारेको हो।
एक सय ४५ बलको सामना गरेका धमलाले १ छक्का र ७ चौका मद्दतमा १ सय ४ रन रनको शतकिय पारी खेले। दिपेन्द्र सिंह ऐरीले ५ रन जोडे।
पवन सर्राफ ५० र आरिफ शेख २९ रनमा नटआउट रहे। अमित श्रेष्ठले २ रन जोडे।
लुम्बिनी प्रदेशका सौरभ खनाल, दिपेन्द्र रावत, अनिल खरेल र कृष्ण कार्कीले समान एक विकेट लिए।
प्रतिक्रिया