ad ad

खेल


प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बाग्मतीको लगातार दोस्रो जित

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बाग्मतीको लगातार दोस्रो जित

नेपालखबर
माघ ५, २०७७ सोमबार ९:५३,

पृथु बास्कोटा र राम नरेश गिरी चम्केपछि प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशले लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार भएको खेलमा बाग्मतीले सुदूरपश्चिमलाई १ सय ८० रनको फराकिलो अन्तरले पराजित गरेको हो।

बाग्मतीले दिएको ३०० रनको विशाल लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा १ सय १९ रनमा अलआउट भयो। पीएम कपमा कुनैपनि टोलीले पाएको यो नै विशाल लक्ष्य हो।

पहिलो ओभरमै रामनरेश यादवले ३ ब्याट्सम्यानलाई शून्य रनमै पवेलियनको बाटो देखाएपछि सुदूरपश्चिम सुरुवातमा नै दबाबमा आएको थियो।

३ ओभरमा ५ विकेट गुमाएर ४ रन जोडेको स्थितीमा क्रिजमा आएका अर्जुन साउद र किरण ठगुन्नाले ५९ रनको साझेदारी गर्दै केही आशा जगाएका थिए।

२८ बलको सामना गरेका अर्जुन साउदले ३ छक्का र १ चौका हान्दै ३१ रन जोडे। साउद नन्दन यादवको बलमा क्याच आउट पवेलियन फर्के।

४५ बलको सामना गरेका किरण ठगुन्ना १ छक्का र ४ चौका मद्दतमा २४ रन जोडे। ठगुन्ना तिलक भण्डारीको बलमा क्याच आउट भए। ८ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। नारायण जोशी ४४ रनमा नटआउट रहे।

बाग्मतीका रामनरेश गिरी एक्लैले ४ विकेट लिए। नन्दन यादवले २ तथा दिपेश श्रेष्ठ, तिलक भण्डारी र विपिन आचार्यले समान १ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बाग्मतीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ९९ रनको योगफल तयार पारेको थियो।

सुदूरपश्चिमलाई विशाल लक्ष्य दिन खान र बास्कोटाले १ सय ९ रनको उत्कृष्ट साझेदारी गरे। ९४ बलको सामना गरेका बास्कोटाले २ छक्का र १० चौका मद्दतमा ८४ रनको महत्वपूर्ण योगदान दिए।

८६ रनको सामना गरेका खानले १० चौका मद्दतमा ६३ रनको योगदान गरे।

कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्य समान ३२, पारस खड्का २०, इसान पाण्डे १७, आकाश थापा १३ रनमा पवेलियन फर्के।

सुदूरपश्चिम प्रदेशका नारायण जोशीले ३ तथा भोजराज भट्ट र सन्तोष भट्टले समान २ विकेट लिए। विनोद लामाको नाममा एक एक विकेट रह्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .