सिजनकै पहिलो उपाधिका लागि यी दुई क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो। खेल नेपाली समयअनुसार आज राति १ बजेर ४५ मिनेटमा सुरुवात हुनेछ।
आइतबारको खेलमा बार्साबाट कप्तान लियोनल मेस्सीले खेल्ने कि नखेल्ने भन्ने यसअघि विभिन्न आशंका थिए। कारण उनी घाइते थिए। ला लिगामा ग्रानडाविरुद्धको खेलमा उनी घाइते भएका थिए।
यद्यपी खेल अगाडिको प्रशिक्षणमा मेस्सी समावेश भएका छन्। क्लबका प्रशिक्षक रोनाल्ड कोम्यानले पनि मेस्सी खेलका लागि फिट भएको जानकारी दिएका छन्। एजेन्सी
3
Shares

प्रतिक्रिया