खेल


प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक

नेपालखबर
पुस २४, २०७७ शुक्रबार १२:५२,

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश र विभागीय त्रिभुवन आर्मी क्लव भिड्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आज सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो र दोस्रो दिन एक एक खेल हुनेछ। 

प्रतियोगिताको दोस्रो दिन प्रदेश १ र शसस्त्र प्रहरीको एपीएफ खेल्नेछन्। यी दुई खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। अन्य दिन २ खेल हुनेछ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समुह ‘ए’ मा त्रिभुवन आर्मी क्लव, एपीएफ क्लव, गण्डकी प्रदेश, प्रदेश १ (विराटनगर) र कर्णाली प्रदेश (सुर्खेत) रहेका छन्। समुह बी मा नेपाल पुलिस क्लव, बागमति प्रदेश (काठमाडौ), लुम्बिीनी प्रदेश (भैरहवा), प्रदेश २ (जनकपुर) र सुदूरपश्चिम प्रदेश (धनगढी) रहेका छन्।

समुह चरणको खेलपछि शीर्ष २ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। प्रतियोगिता माघ २ गतेदेखि १७ गतेसम्म चल्नेछ। प्रतियोगितामा खेलहरु त्रिवि मैदान र मूलपानी मैदानमा हुनेछ। सेमिफाइनल र फाइनल खेल त्रिवि मैदानमा हुनेछ।

cricket-talika_1.png

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad