अष्ट्रेलियामा जारी बिगबास लिग क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित होबर्ट हरिकेन्सले जितका लागि १ सय ६८ रनको लक्ष्य पाएको छ।
पर्थ स्टेडियममा हरिकेन्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सिड्नी थन्डरले निर्धारित २० ओभरमा ५विकेटको क्षतिमा १ सय ६७ रनको योगफल तयार पारेको थियो।
सिड्नीका ओपनिङ ब्याट्सम्यान उस्मान ख्वाजा र एलेक्स हेल्सले ५९ रनको साझेदारी गरे। १९ बलको सामना गरेका एलेक्सले ४ चौका प्रहार गर्दै २१ रन जोडे।
एलेक्सलाई डि अर्ची सर्टले छैटौ ओभरको चौथो बलमा नाथल इल्सको हातबाट क्याच आउट गराए। सर्टले नै साम बिलिंग्सलाई १ रनमा पवेलियनको बाटो देखाए। ओपनर ख्वाजालाई दशौं ओभरको तेस्रो बलमा सर्टले नै एलबीडब्लु धरापमा पारे। ३३ बलको सामना गरेको ख्वाजाले ६ चौका मद्धतमा ४९ रनको योगदान गरे। अर्जुन नैर १५ रनमा रन आउट भए। एलेक्स रोस ४४ र वेन कटिङ ३१ रनमा नटआउट रहे।
आजको खेलमा पनि सन्दीपले एक विकेट लिए। सन्दीपले सातौ ओभरको चौथो बलमा क्यालम फग्र्युसनलाई जोहान बोथाको हातबाट क्याच आउट गराए। सन्दीपले जारी खेलमा पाँचौ ओभरमा बलिङ गर्न आएका सन्दीपले ६ रन खर्चे। सन्दीपले आफ्नो स्पेलमा २३ रन खर्चेर १ विकेट लिए। घातक बलिङ गरेका सर्टले मात्र २६ रन खर्चेर ३ झारे।
आजको खेलमा स्कट ल्याण्ड भने निकै महंगा सावित भए। उनले ४ ओभरमा ४८ रन खर्चन पुगे। नाथन इल्सले ४ ओभरमा ३२ रन खर्चे। १ ओभर बलिङ गरेका जोहान बोथाले १० रन खर्चे।
Shares

प्रतिक्रिया