ad ad

खेल


प्रधानमन्त्री कप महिला क्रिकेटमा सान्त्वना जितसँगै घर फर्कियो प्रदेश २

प्रधानमन्त्री कप महिला क्रिकेटमा सान्त्वना जितसँगै घर फर्कियो प्रदेश २

नेपालखबर
पुस १३, २०७७ सोमबार १०:२६,

प्रदेश २ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्त्वना जित निकाल्दै घर फर्किएको छ।

दाङको लमहीमा आज भएको खेलमा प्रदेश २ ले कर्णाली प्रदेशलाई १ सय ४३ रनको फराकिलो अन्तरले पाखा लगाएको हो। समूह एमा रहेको कर्णाली प्रदेशले भने जितको खातै खोल्न सकेन।

प्रदेश २ ले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २२ रन मात्र जोड्न सक्यो। कर्णालीका कुनै पनि ब्याट्सवुमनले दोहोरो अंकको स्कोर छुन सकेनन्। ६ जना ब्याट्स वुमन शून्य रनमै पवेलियन फर्किए। तिर्सना बुढाथोकीले जोडेको ७ रन नै कर्णालीका लागि सर्वाधिक रह्यो।

कर्णालीलाई सस्तैमा समेट्न प्रदेश २ की सरस्वती कुमारी र कविता गौतमले समान ३ विकेट झारे। सन्तोषी चौधरी र आरती चौधरीले समान १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै १ सय ६५ रनको योगफल तयार पारेको थियो। प्रदेश २ का लागि अनुराधा चौधरीले उत्कृष्ट प्रदर्शन गरिन्। अनुराधा ६९ र कविता गौतम २ रनमा नटआउट रहे। शोभा आलेले २३, बिमला मगरले २१ रनको योगदान दिए।

कर्णाली प्रदेशका निशा पराजुलीले २ तथा सुजता बोगटीले १ विकेट लिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .