खेल


प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने

नेपालखबर
पुस ९, २०७७ बिहिबार १५:५२,

दाङको लमहीमा हुन लागेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने भएको छ।

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित सगरमाथा सिमेन्ट पीएम कप महिला टी२० तथा पीएम कप पुरुष ९एक दिवसीय० २०७७ को प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ।

यसैगरि काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा जनवरी २०२१ बाट सुरु हुने पीएम कप पुरुष ९एक दिवसीय० २०७७ मा तीन विभागीय टोली र ७ प्रादेशीक टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

दुवै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानलले प्रत्यक्ष प्रशारण गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad