स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको मड्रिड डर्बीमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ।
घरेलु मैदानमा भएको खेलमा रियलले शीर्षस्थानको एट्लेटिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो।
रियलको जितमा १५ र्औ मिेनटमा क्यासिमेरोले हेडर गोल गरे। यस्तै दोस्रो हाफमा जोन ओबाल्कको आत्मघाती गोलसँगै रियलले अग्रता दोब्बर पारेको थियो।
जितसँगै रियल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा कायम एटलेटिकोको ११ खेलबाट २६ अंक छ। रियलको १२ खेलबाट २३ अंक छ।

प्रतिक्रिया