ad ad

खेल


बेयरस्टोको सानदार पारीसँगै हैदरावादको सहज जित, पन्जाबको पाँचौं हार

बेयरस्टोको सानदार पारीसँगै हैदरावादको सहज जित, पन्जाबको पाँचौं हार

नेपालखबर
असोज २२, २०७७ बिहिबार १६:१७,

इन्डियन प्रिमियर लिग(आइपीएल) अन्तर्गत बिहीबार राति भएको खेलमा सनराइजर्स हैदरवादले किंग्स एलेभन पन्जाबमाथि ६९ रनको सहज जित निकालेको छ।

६ खेलमा तेस्रो जितसँगै हैदरवाद तेस्रो स्थानमा उक्लिएको छ भन त्यति नै खेलमा पाँचौं हार ब्यहोरेको पन्जाब पुछारमा छ।

हैदरावादले दिएको २०२ रनको लक्ष्य पछ्याएको पन्जाब १६.५ ओभरमा सबै विकेट गुमाएर १३२ रनमा समेटियो।

पन्जाबका निकोलस पुरन बाहेक अन्यले राम्रो ब्याटिङ गर्न सकेनन। पुरनले ३७ बलमा ५ चौका र ७ छक्कासहित ७७ रन प्रहार गरे।

त्यसबाहेक केएल राहुल र सिमरन सिंह ११–११ बाहेक अन्य कसैले दोहोरो अंक जोड्न सकेनन।

हैदरावादका रासिद खानले उत्कृष्ट बलिङ गरे। ४ ओभरमा उनले १२ रनमात्रै खर्चेर ३ विकेट लिए। यस्तै खलिल अहमद र टी नटराजले समान २–२ विकेट हात पारे।

त्यसअघि जोनी बेयरस्टोको ९७ रनको पारीको मद्दतमा हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०१ रन बनायो।

ओपनर बेयरस्टो र डेविड वार्नरले १६० रनको साझेदारी गरेपछि हैदरावादले उक्त स्कोर बनाएको हो।

बेयरस्टोले ५५ बलमा ७ चौका र ६ छक्कासहित ९७ रन जोडे। यस्तै वार्नरले ४० बलमा ५ चौका र एक छक्का प्रहार गरे।

यस्तै केन विलियम्सनले १० बलमा एक चौका र एक छक्कासहित २० रन जोडे। पन्जाबका अर्षदीप सिंहले दुई विकेट लिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .