ad ad

खेल


राहुलको शतकसँगै बैंग्लोरमाथि पन्जाबको फराकिलो जित

राहुलको शतकसँगै बैंग्लोरमाथि पन्जाबको फराकिलो जित

नेपालखबर
असोज ९, २०७७ शुक्रबार ०:५३,

केएल राहुलको शतक मद्दतमा आइपीएलमा किंग्स एल्यावेन पन्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ९७ रनले जित हात पारेको छ।

पन्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको बैंग्लोर १७ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रनमा समेटियो।

बैंग्लोरका वासिङ्गटन सुन्दरले ३० रन, एबी डी भिलियर्सले २८ र आरोन फिन्चले २० रन बनाए। कप्तान कोहली १ रनमै आउट भए।

पन्जाबका रबि बिश्नोई र मुरुगान आश्विनले ३-३ विकेट लिए।

त्यसअघि विराट कोहलीले दुई पटक क्याच छोडेका केएल राहुलले शतक प्रहार गरेपछि पन्जाबले २० ओभरमा ३ विकेट गुमाएर २०६ रन बनाएको थियो।

कोहलीले १७ र १८औं ओभरमा राहुलको क्याच छोडेका थिए। त्यसको फाइदा उठाउँदै १९औं ओभरको दोस्रो बलमा चौका प्रहार गर्दै उनले यस सिजनको पहिलो शतक प्रहार गरे।

राहुलले ६२ बलमा आफ्नो शतक पूरा गरेका हुन। समग्रमा उनले ६९ बलमा १४ चौका र ७ छक्कासहित १३२ रन जोडे।  

पहिलो विकेटका लागि उनले मयंक अग्रवालसँग ५७ र दोस्रो विकेटका निकोलस पुरनसँग ५० रनको साझेदारी गरेका थिए।

पन्जाबका लागि मयंक अग्रवालले २६ र निकोलस पुरनले १७ रन जोडे। 

जितसँगै पन्जाब शीर्ष स्थानमा उक्लिएको छ। उसले २ खेलमा एकमा जित र एकमा हार ब्यहोरेको छ। यसअघि पहिलो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो।

बैंगलोरको यो पहिलो हार हो। पहिलो खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .