खेल


एमबाप्पेले पीएसजीलाई भनेः म अर्को वर्ष क्लब छाड्न चाहन्छु

एमबाप्पेले पीएसजीलाई भनेः म अर्को वर्ष क्लब छाड्न चाहन्छु

नेपालखबर
भदौ २९, २०७७ सोमबार ८:२,

द टाइम्सका अनुसार एमबाप्पेले आफ्नो क्लब पीएसजीलाई आगामी वर्ष क्लब छाड्ने भनेर बताइसकेका छन्।

सन् २०२१–२०२२ को सिजनको अन्त्यसँगै एमबाप्पे र पीएसजीबीचको सम्झौता सकिँदैछ।

एमबाप्पेले क्लबको बोर्डलाई क्लब छाड्ने बताएपछि हालसम्म पनि एमबाप्पेको नयाँ कन्ट्र्याक्ट थप्ने विषयमा कुरा नभएको बताइएको छ।

एमबाप्पेलाई फुटबल क्लब रियल मड्रिडले अनुबन्ध गर्ने चर्चा चलेको छ। यद्यपी म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले पनि एमबाप्पे अनुबन्ध गर्न चासो देखाएका छन्।

मेस्सीले आगामी सिजन बार्सा छाड्ने सम्भावना बढि भएको समयमा बार्सिलोनाले समेत एमबाप्पेलाई क्लबमा अनुबन्ध गर्ने प्रयास गर्नेछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad