खेल


आईपीएल खेल्न नेपाली लेग स्पिनर सन्दीप आइतबार यूएई पुग्ने

आईपीएल खेल्न नेपाली लेग स्पिनर सन्दीप आइतबार यूएई पुग्ने

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार ११:१३,

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न आइतबार संयुक्त अरब इमिरेन्ट्स (यूएई) पुग्ने भएका छन्। वेष्ट इण्डिजमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेका सन्दीप अन्य खेलाडीसँगै यूएई जानेछन्।

सन्दीप लगातार तेस्रो सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न लागेका हुन्। आईपीएल सेप्टेम्बर १९ देखि यूएईमा सुरु हुनेछ। दिल्लीले २० सेप्टेम्बरमा किंग्स इलाभेन पञ्जावसँग खेल्दै लिगको सुरुवात गर्नेछ।

सन्दीप उतैबाट यूएई पुग्ने सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले जानकारी दिए। सन्दीप शनिबार यूएई प्रस्थान गर्नेछन्।
सीपीएलमा सन्दीप सम्मिलित जमैका तलावाजले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।

जमैका सेमिफाइनलमा ट्रिनबेगो नाइट राइडर्ससँग ९ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। नाइट राइडर्सले सेन्ट लुसिया जुक्सलाई ८ विकेटले हराउँदै चौथो पटक उपाधि उचालिसकेको छ।

सन्दीपले १२ विकेट लिँदै यो सिजनको अन्त्य गरे। सन्दीपलाई जमैकाले १ करोडभन्दा बढी रुपैयाँमा अनुबन्ध गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad