अंशु फाती स्पेनका लागि गोल गर्ने सबैभन्दा युवा खेलाडी बनेका छन।
नेसन्स कप अन्तर्गत आइतबार राति यूक्रनेविरुद्ध १७ वर्ष ३११ दिनमा गोल गर्दै उनले ९५ वर्षदेखि कायम स्पेनको राष्ट्रिय टोलीबाट गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान तोडेका हुन।
बार्सिलोनाका फरवार्ड समेत रहेका फाती च्याम्पियन्स लिगमा पनि सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी हुन।
फातीसँगै फेरन टोरेसले एक एक र सर्जियो रोमासले दुई गोल गरेपछि स्पेनले यूक्रेनमाथि ४–० को जित हात पारेको थियो।
खेलको तेस्रो र २९ औं मिनेटमा रोमासले स्पेनका लागि दुई गोल गरेका थिए।
३२औं मिनमेटमा गोल गर्दै फातीले कीर्तिमान रचे भने ८४ मिनेटका टोरेसको गोलसँगै स्पेनले सहज जित हात पार्यो।
3
Shares
प्रतिक्रिया