गत मंगलबार कोरोना परीक्षणका लागि स्वाब दिएका राष्ट्रिय फुटबल टोलीका २८ जना खेलाडी तथा अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीका २८ सदस्यको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको हो।
एन्फाले खेलाडी र अफिसियलको पहिलो र दोस्रो चरणमा पीसीआर परीक्षण गरेको थियो। त्यसका लागि पाटन अस्पताल ललितपुरमा सोमबार र मंगलबार उनीहरुको स्वाब संकलन गरिएको थियो।
कुल ५४ जनामध्ये ५३ जनाको नेगेटिभ आए पनि एक जनाको भने फेरि परीक्षण गरिने एन्फाले जनाएको छ।
याे पनि :
सोमबार स्वाब संकलन गरिएका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ
प्रतिक्रिया