ad ad

खेल


राखेपका सदस्यसचिव सिलवाल र उपाध्यक्ष कोइरालाले लिए शपथ

राखेपका सदस्यसचिव सिलवाल र उपाध्यक्ष कोइरालाले लिए शपथ

नेपालखबर
साउन १४, २०७७ बुधबार ९:२२,

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्यसचिव रमेश कुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

युवा तथा खेलकुद मन्त्री जगत सुनार विश्वकर्माले सिंहदरबारस्थित मन्त्रालयलमा कोइराला र सिलवाललाई शपथ गराएका हुन्। सिलवाल र कोइरालालाई मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले राखेपको सदस्यसचिव र उपाध्यक्षमा नियुक्त गरेको थियो।

सिलवाल दोस्रोपटक सदस्यसचिव नियुक्त भएका हुन्। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कार्यान्वयन असार १८ गतेसँगै सिलवालसहित राखेपका तत्कालीन पदाधिकारी र सदस्य पदमुक्त भएका थिए। राखेप सदस्य सचिवबाट पदमुक्त भएको झन्डै तीन सातापछि सिलवाल पुनः त्यही पदमा नियुक्त भएका हुन्।

कोइराला पहिलोपटक राखेपमा प्रवेश गरेका हुन्। उनीले गत वर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)को प्रचारप्रसार विभागको संयोजक रहेका थिए।

सदस्यसचिव र उपाध्यक्ष दुवैको कार्यकाल ४ वर्ष रहेको छ। छ दशकअघि स्थापना भएको राखेपमा पहिलोपटक खुला आह्वानद्वारा सदस्यसचिव नियुक्ति भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .