म्यानचेस्टर सिटीलाई सेमिफाइनलमा २-० गोलअन्तरले पराजित गर्दै आर्सनल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
शनिबार राति भएको खेलमा पेरी इमिरिक अबामेयोङले आर्सनलका लागि दुबै गोल गरे। उनले खेलको १९औं र ७१औं मिनेटमा गोल गरेका थिए।
आर्सनलले अब अर्को सेमिफाइनलमा भिड्ने चेल्सी र म्यानचेस्टर यूनाइटेडको विजेतासँगै अगष्ट १ मा फाइनल खेल्नेछ।
आर्सनल कीर्तिमानी २१औं पटक एफए कपको फाइनलमा प्रवेश गरेको हो। टोलीले अरुभन्दा बढी १३औं पटक उपाधि समेत जितेको छ।

प्रतिक्रिया