रियल मड्रिड यस सिजनको स्पेनिस ला लिगा फुटबलको च्याम्पियन बनेको छ।
बिहीबार राति भएको खेलमा भिल्ला रियललाई २-१ गोल अन्तरले पराजित गरेसँगै रियलले उपाधि उचालेको हो।
कोरोना महामारीपछि पुन: सुरु भएको ला लिगाका १० वटै खेल जित्दै रियलले उपाधि जित्यो।
एक खेल अगावै बार्सिलोनासँग ७ अंकको दूरी कायम गर्दै रियलले ३४औं पटक ला लिगाको उपाधि उचालेको हो।
सन् २०१६/१७ को सिजनपछि रियलले उपाधि जितेको थियो ।
भिल्लारियल विरुद्धको जित दिलाउनमा करिम बेन्जिमाले दुई गोल गरेका थिए। भिल्लाका भिसेन्ट इबोर्राले एक गोल फर्काए।
3
Shares

प्रतिक्रिया