खेल


खेलकुद परिषद्को सदस्यसचिवमा २७ जनाको आवेदन, कस–कसले दिए? (सूचीसहित)

खेलकुद परिषद्को सदस्यसचिवमा २७ जनाको आवेदन, कस–कसले दिए? (सूचीसहित)

नेपालखबर
साउन १, २०७७ बिहिबार ११:४९,

राष्ट्रिय खेलकुद परिषद्को २२औँ सदस्यसचिवका लागि २७ जनाले आवेदन दिएका छन्। १ हप्ताको समयसीमा दिएर माग गरिएको आवेदनमा ३ महिलासहित २७ जनाले दरखास्त दिएका हुन्।

दरखास्त दिनेमा खेल क्षेत्रका व्यक्तिसँगै राजनीतिक पृष्ठभूमिका समेत छन्। गत असार २६ गते शुक्रबार दरखास्त आह्वान गरिएपछि तोकिएको म्याद अवधि अर्थात् बिहीबारसम्म २७ जनाले आवेदन दिएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

आवेदन दिनेमा रोशन महर्जन, अनिल अधिकारी, हर्क बहादुर राई, मिना श्रेष्ठ, शिवराज भट्ट, लिल बहादुर थापा, रवि राजकर्णिकार, अच्युत लामिछाने, निलम बज्राचार्य, रमेश कुमार सिलवाल, मेघराज पौडेल, अञ्जु श्रेष्ठ, मानबहादुर गुरुङ, विजय राई, रामेश्वर श्रेष्ठ, अच्युत खनाल, तेज घले, ध्रुव न्यौपाने लगायत २७ जना छन्। राखेपको इतिहासमा सदस्यसचिवका लागि पहिलोपटक आवेदन मागिएको हो।

आवेदन प्रक्रिया पूरा भएसँगै सम्भवतः अर्को साता बस्ने मन्त्रिपरिषद् बैठकले सदस्यसचिवमा एक जनालाई नियुक्त गर्नेछ। अब सिफारिस समितिले एक महिलासहित मापदण्ड पूरा गरेका ३ जनाको नाम मन्त्रालयलाई सिफारिस गर्नेछ। सिफारिस भएकामध्ये एक जनालाई मन्त्रिपरिषद्को बैठकले राखेप सदस्यसचिव नियुक्त गर्नेछ।

यी हुन् सदस्यसचिव बन्न चाहने २७ जना
rakhepa aabedan 27

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad