खेल


राखेप सदस्यसचिवको लागि अहिलेसम्म २५ जनाको आवेदन, प्रतिस्पर्धामा को को?

राखेप सदस्यसचिवको लागि अहिलेसम्म २५ जनाको आवेदन, प्रतिस्पर्धामा को को?

नेपालखबर
साउन १, २०७७ बिहिबार ८:२६,

राष्ट्रिय खेलकुद परिषद्को २२औँ सदस्यसचिवका लागि २५ जनाले आवेदन दिएका छन्।

गत असार २६ गते शुक्रबार दरखास्त आह्वान गरिएपछि ताेकिएकाे म्याद अवधि अर्थात् बिहीबार ३ बजेसम्म २५ आवेदन परेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

आवेदन दिने म्याद आज ५ बजेसम्म रहेकोमा ३ महिलासहित कुल २५ जनाले दरखास्त आवेदन दिएका हुन्। दरखास्त दिनेमा खेल क्षेत्रका व्यक्तिसँगै राजनीतिक पृष्ठभूमिका समेत छन्।

आवेदन दिनेमा रोशन महर्जन, अनिल अधिकारी, हर्क बहादुर राई, मिना श्रेष्ठ, शिवराज भट्ट, लिल बहादुर थापा, रवि राजकर्णिकार, अच्युत लामिछाने, निलम बज्राचार्य, रमेश कुमार सिलवाल, मेघराज पौडेल, अन्जु श्रेष्ठ, मानबहादुर गुरुङ, विजय राई, रामेश्वर श्रेष्ठ, अच्युत खनाल, तेज घले, ध्रुव न्यौपाने लगायत २५ जना छन्। राखेपको इतिहासमा सदस्यसचिवका लागि पहिलोपटक आवेदन मागिएको हो।

आवेदन प्रक्रिया पूरा भएसँगै सम्भवतः अर्को साता बस्ने मन्त्रिपरिषद् बैठकले सदस्यसचिवमा एक जनालाई नियुक्त गर्नेछ। अब सिफारिस समितिले एक महिलासहित मापदण्ड पूरा गरेका ३ जनाको नाम मन्त्रालयलाई सिफारिस गर्नेछ। सिफारिस भएकामध्ये एक जनालाई मन्त्रिपरिषद्को बैठकले राखेप सदस्यसचिव नियुक्त गर्नेछ।

सिलवालकाे सम्भावना बलियाे
निवर्तमान सदस्यसचिव सिलवालले पनि आवेदन दिएपछि उनी आउने चर्चाका बीच सम्भावना बलियो देखिएको छ। पहिले पनि सिलवाल प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा सदस्यसचिवमा नियुक्त भएका थिए।

चार वर्षका लागि नियुक्त भए पनि नयाँ ऐनका कारण पदमुक्त भएका उनी प्रधानमन्त्रीसँगकै निकटताका कारण फेरि राखेप फर्किन सक्नेछन्। त्यसबाहेक सदस्यसचिवका लागि तोकिएको मापदण्डका लागि पनि सिलवाल योग्य देखिएका छन्। राखेपमा पुनः फर्किए सिलवालले बाँकी रहेका कामहरुलाइ पूर्णता दिने बताइसकेका छन्।

नयाँ ऐनअनुसार राखेपको सदस्यसचिवका लागि पाँचवटा मापदण्ड तोकिएको छ। जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानुनले अयोग्य नभनेको हुनुपर्ने उल्लेख छ।

गत शुक्रबार युवा तथा खेलकुदमन्त्री जगत सुनार विश्वकर्माले विज्ञहरुको सल्लाहमा सचिव राम प्रसाद थपलियाको संयोजकत्वमा राखेपका रिम रानाभाट र इन्दिरा निरौलालाई सदस्य चयन गर्दै सिफारिस समितिलाई पूर्णता दिएका थिए। समितिले सोही दिन बैठक बसेर सदस्यसचिवका लागि १ हप्ताको समयसीमा राखेर दरखास्त आह्वान गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad