खेलकुद विभागले मनोनयका लागि सिफारिस गरेका पदाधिकारी र सदस्यहरुको नामावली नेपाली कांग्रेस केन्द्रीय कार्यालयले अनुमोदन गरेको छ। विभाग प्रमुख मोहनबहादुर बस्नेतले २ पदाधिकारी र २५ सदस्यको नामवली मनोनयन गर्न अनुमोदनका लागि केन्द्रीय कार्यालयमा पठाएका थिए।
विभागको उप–प्रमुखमा काठमाडौंका मोहनकुमार राई र सचिवमा ललितपुरका मीनकृष्ण महर्जनलाई सिफारिस गरिएको थियो। कराते पृष्ठभूमिका दुवै राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष हन्।
सदस्यहरुमा बाराका मणिभूषण यादव, सिरहाका उपेन्द्र यादव, काठमाडौंका दीपराज गुरुङ, बाँकेका विजेन्द्र हमाल, मोरङका सोभितराज प्रसाईं, सुनसरीका किशोर राई, धनुषाका लनम चौधरी, दाङका जितबहादुर केसी, झापाका पंकज नेम्वाङ, बर्दियाका कृष्ण वर्मा, डोटीका प्रतिमा शाही र पूर्णसिंह बोहरा, काठमाडौंका उद्धव खड्का, भक्तपुरका उमेश खड्का, नुवाकोटका राजु कँडेल, स्याङजाका देवकुमार मानन्धर, कञ्चनपुरका भानु चन्द, कैलालीका कुवेरप्रकाश सिंह, दोलखाका सिंहबहादुर तामाङ, सिन्धुपाल्चोकका टपेन्द्र धर्नाल, हुम्लाका बखतबहादुर शाही, इलामका डम्बर खड्का, रुकुमका शिव आचार्य, पाँचथरका महेन्द्र राई र कैलालीका प्रकाश विष्टलाई मनोनयनका लागि सिफारिस गरिएको थियो।
सचिव महर्जनले सिफारिस गरिएका सबैको नामवली केन्द्रबाट अनुमोदन भइसकेको जानकारी दिए।
पदाधिकारी र सदस्यलाई साउन ३ गते पार्टी सभापति शेरबहादुर देउवाले मनोनयन पत्र हस्तान्तरण गर्नेछन्। विभागले बानेश्वरमा आफ्नो कार्यालय समेत स्थापना गरिसकेको छ।

प्रतिक्रिया