खेल


पहिलो टेस्टमा वेष्टइण्डिजद्वारा इंग्ल्याण्ड ४ विकेटले पराजित

पहिलो टेस्टमा वेष्टइण्डिजद्वारा इंग्ल्याण्ड ४ विकेटले पराजित

नेपालखबर
असार २८, २०७७ आइतबार २३:३८,

वेष्ट इण्डिजले इंग्ल्याण्डलाई पहिलो टेस्टमा ४ विकेटले पराजित गरेको छ।

जर्माने ब्ल्याकवुडको ९५ रन मद्दतमा अन्तिम दिन आइतबार २०० रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले ६ विकेट गुमाउँदै लक्ष्य भेटायो।

साउथहप्टनमा लक्ष्य पछ्याउनेक्रममा वेष्ट इण्डिज एक समय ११.४ ओभरमा ३ विकेट गुमाएर २७ रनको खराब स्थितिमा थियो।

तर ब्ल्याकवुडले इनिङ्स सम्हाल्दै रोस्टन चेजसँग ६३ तथा साने डोर्विचसँग ६८ रनको साझेदारी गरेपनि वेष्ट इण्डिज जिततर्फ अग्रसर बनेको थियो।

ब्ल्याकवुडले १ सय ५४ बलमा ९५ रन जोडे। यस्तै चेजले ३७ तथा डोर्विचले २० रन जोडे। इंग्ल्याण्डका जेफ्रा आर्चरले ३ र बेन स्टोक्सले २ विकेट लिए।

त्यसअघि पहिलो इनिङ्समा इंग्ल्याण्डले २०४ रन बनाएको थियो। जवाफमा वेष्ट इण्डिजले ३१८ रन जोड्यो। दोस्रो इनिङ्समा इंग्ल्याण्डले ३१३ रन जोड्दै २०० रनको लक्ष्य वेष्ट इण्डिजलाई दिएको थियो।

जुन वेष्ट इण्डिजले अन्तिम दिन ६४.२ ओभर खेल्दै पूरा गर्यो।

यी दुई टोलीबीचको दोस्रो टेस्ट अब म्यानचेस्टरमा जुलाई १६ देखि २० तारिखसम्म हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad