ad ad

खेल


‘नियमानुसार इंग्ल्याण्डले विश्वकप जित्ने थिएन’

‘नियमानुसार इंग्ल्याण्डले विश्वकप जित्ने थिएन’

एजेन्सी
असार ३१, २०७६ मंगलबार ६:५६,

इंग्ल्याण्डले सनसनीपूर्ण फाइनलमा न्यूजिल्याण्डलाई पराजित गर्दै गत आइतबार स्कोर र सुपर ओभरमा पनि बराबरी भएको खेल बढी बाउन्ड्री प्रहार गरेका आधारमा जितेको थियो।

दुबै टोलीले निर्धारित ५० ओभरमा २ सय ४१ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा पनि दुबै टोलीले समान १५ रन बनाएपछि खेलको नतिजा बाउन्ड्रीका आधारमा लिइएको हो।

यो पनि: सनसनीपूर्ण फाइनलमा न्युजिल्यान्डलाई हराउँदै इंग्ल्यान्ड विश्व विजेता

तर, पाँच पटक आइसीसीको वर्ष अम्पायर घोषित सिमोनले खेलको अन्तिम ओभरमा अम्पायरले गरेको स्पष्ट गल्तीका कारण इंग्ल्याण्डले विश्वकप जितेको बताए।

इंग्ल्याण्डलाई अन्तिम ३ बलमा ९ रन आवश्यक थियो। तेस्रो बलमा मार्टिन गुप्टिलको थ्रो बेन स्टोक्सको ब्याटमा लाग्दै बाउन्ड्री पार भयो।

त्यहीबेला स्टोक्स र आदिल रासिदले दौडेर दुई रन पूरा गरेको र आभेर थ्रो मार्फतको चार रन जोड्दै अम्पायरले इंग्ल्याण्डलाई ६ रन दिए। जसको मद्दतमा आयोजक इंग्ल्याण्डले न्यूजिल्याण्डले बनाएको स्कोर बराबरी गर्दै खेल सुपर ओभरतर्फ धकल्यो। सुपर ओभरमा पनि बराबरी भएपछि इंग्ल्याण्डले बाउन्ड्री बढी प्रहार गरेको आधारमा खेल जित्यो।

पाँचपटकका आइसीसी वर्ष अम्पायर भएका सिमोनले भने ओभर थ्रोमा इंग्ल्याण्डलाई ६ रन दिनु बिल्कुल गलत भएको बताए।

‘त्यो ५ रन थियो, ६ रन थिएन्,’ उनले भने, ‘त्यहाँ स्पष्ट गल्ती भएको छ। त्यो निर्णय त्रुटिपूर्ण छ। त्यसबेला अम्पायरहरुले ओभर थ्रो अघि ब्याट्सम्यानहरुले दौडेर दुई रन लिइसके ठाने। तर, टिभी रिप्लेमा भने उनीहरुले दुई रन पूरा गरेका थिएनन्।’

नियमानुसार, खेलाडीले दौडेर पूरा गरेको रन र ओभर थ्रोबाट आएको रन जोड्दै ब्याटिङ गर्ने टोलीको खातामा जोडिन्छ। तर, फिल्डरले बल फाल्नुअघि ब्याट्सम्यानहरुले दौडेर पूरा गरेको रनमात्रै ओभर थ्रोबाट आएको रनमा जोडिन्छ।

यो पनि: विश्वकपको टिम अफ द टुर्नामेन्ट सार्वजनिक, कोहली परेनन्

टिभी रिप्लेमा हेर्दा गुप्टिलले बल फाल्नुअघि इंग्ल्याण्डका ब्याट्सम्यानहरुले एक रनमात्रै पूरा गरेका छन्। दोस्रो रन पूरा गर्नुअघि गुप्टिलले बल फालिसकेको भएकाले सिमोनले ६ रनको ठाउँमा इंग्ल्याण्डलाई ५ रन पाउँनुपर्ने बताएका हुन्। तर, नियमविपरित ६ रन पाउँदा इंग्ल्याण्डले विश्वकपको ट्रफी नै उचाल्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .