कारोबार


ओप्पोको प्रायोजनमा विश्वका चर्चित दुई प्रतियोगिता सम्पन्न

ओप्पोको प्रायोजनमा विश्वका चर्चित दुई प्रतियोगिता सम्पन्न

नेपालखबर
असार ३१, २०७६ मंगलबार ६:४९,

ओप्पोले प्रायोजन गरेका यो वर्षका दुई कार्यक्रम द इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप र द च्याम्पियनशिप्स विम्बल्डन भव्यताका साथ सम्पन्न भएको छ।

ओप्पोका लागि यी सफलता अल इङ्गल्याण्ड लन टेनिस क्लब (एईएलटीसी)संगको फलदायी दीर्घकालीन सहकार्यको सुरुवात तथा आईसीसीसँगको सहकार्यमार्फत स्पोर्ट्स मार्केटिङमा भावनात्मक सफलता भएकाे कम्पनीले जनाएकाे छ। यसलाइ कम्पनीले अग्रणी स्मार्ट उपकरण कम्पनीको खेलप्रतिको प्रतिबद्धताको प्रमाणका रुपमा लिन सकिने बताइएकाे छ। साथै, कम्पनीको च्याम्पियनशिप्स, विम्बलडन संगको दिर्घकालिन लक्षित सहकार्यले विश्वभरका यूवा जमातलाई उत्कृष्टता हात पार्न अभिप्रेरित गरिरहेको छ।

the championship

पहिलो पटक ओप्पो आईसीसीको ग्लोबल पार्टनर बने लगतै कम्पनीले रोल्यान्ड गार्रोस र द च्याम्पियनशिप्स, विम्बलडनसंग समेत रणनीतिक साझेदारी स्थापित गरेको थियो। ब्राण्ड अन्तरराष्ट्रियकरण र स्थानियकरणको सम्मिश्रण मार्फत ग्लोकल पहलहरु वैश्विकरण रणनीति मार्फत कार्यान्वयनमा पनि यसले सघाएको छ। यी प्रायोजनको प्रमुख उद्देश्य विश्वभरका टेनिस तथा क्रिकेटप्रेमीसंगको सफल ब्राण्ड अन्तरक्रिया हो।

वैश्विकरुपमै विम्बलडनका लागि पहिलो स्मार्टफोन र एकल एसियन आपूर्तिकर्ताका रुपमा ओप्पोले एईएलटीसी संग अप्रिलमा ५ बर्षका लागि पार्टनरशिप सम्झौता गरिसकेको छ। यसका साथै, ओप्पो दिर्घकालिन पार्टनर्स रोलेक्स, ज्यागुआर, स्लाजेङग लगायतको सुचिमा समाहित भएको छ। यो सम्झौता संगै ईतिहासमै पहिलो पटक ब्यवसायिक रुपमा विम्बलडन स्मार्टफोन, ओप्पो रेनो ५जी मार्फत खिचिएको छ।

chmp winner 1

विम्बलडनका लागि चलिरहेको चर्चा विच ओप्पोले आफ्नो एस द शट क्याम्पेन सञ्चालन गरेको थियो। प्रयोगकर्तालाई पर्फेक्ट शटको पर्फेक्ट शट खिच्न प्रोत्साहन गर्नु यसको उद्देश्य थियो। साथै, युवा प्रतिभाशाली खेलाडीलाई प्रोत्साहनका लागि ओप्पोले विम्बलडनका साथमा ओप्पो ब्रेकथ्रो अवार्डपनि स्थापित गरेको छ। यो अवार्डको मूल उद्देश्य कम्पनीको यूवा लक्षित दिर्घकालिन योजनालाई अघि बढाउनु तथा यूवा प्रतिभाशाली खेलाडीहरुलाई टेनिसको पर्सिउट अफ पर्फेक्सन मार्फत आफूमा निहित प्रतिभा संसार सामु ल्याउन अभिप्रेरित र प्रोत्साहन गर्नु हो। ओप्पोको पहिलो ब्रेकथ्रो अवार्ड कोकोका रुपमा परिचित १५ वर्षीय कोरी गफले हात पारेका छन्।

उनले चौथो राउण्डमा प्रवेशका लागि आफ्नो अद्वितिय खेल मार्फत जीत हात पार्दै समग्र विम्बलडन क्राउडलाई उत्साहित पार्न सफल भएका थिए। अवार्डका लागि मनोनितहरु स्पर्धिहरुमा विम्बलडन स्पर्धाको ह्विलचियर र जुनियर श्रेणी, मेन्स तथा विमेन्स सिंग्ल्स लगायतका पाँचै प्रमुख विद्या सम्मिलित थिए।

आईसीसी क्रिकेट वल्र्ड कप २०१९ र द च्याम्पियनशिप्स, विम्बलडन २०१९को समापन ओप्पोको युवा प्रतिभा प्रात्साहन गर्ने प्रयासको सुरुवात मात्र भएको कम्पनीले जनाएको छ। कम्पनीको यो उद्देश्य प्राप्तिका लागि ओप्पो दीर्घकालीन पार्टनरशिप्स र सहकार्यका लागि निरन्तर खोजीमा लागि रहने पनि उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .