खेल


विश्वकपको टिम अफ द टुर्नामेन्ट सार्वजनिक, कोहली परेनन्

विश्वकपको टिम अफ द टुर्नामेन्ट सार्वजनिक, कोहली परेनन्

नेपालखबर
असार ३०, २०७६ सोमबार ११:३२,

सात हप्ता चलेको १२औं संस्करणको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समेटेर आइसीसीले टिम अफ द टुर्नामेन्ट सार्वजनिक गरेको हो।

विलियम्ससँगै न्यूजिल्याण्डका लोक्की फर्गुन्सन, ट्रेन्ट बोल्ट टिम अफ द इअरमा परेका छन्। उपविजेता टोलीका कप्तान समेत रहेका विलियम्सनले प्रतियोगितामा ५७८ रन बनाएका थिए। उनी प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट समेत घोषित भएका थिए।

लोक्की फर्गुन्सनले प्रतियोगितामा २१ विकेट लिए। उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो नम्बरमा रहे। उनले प्रतियोगितामा शीर्ष क्रमका विपक्षी ब्याट्सम्यानहरु फाफ डुप्लेसिस, डेविड वार्न, स्टिभ स्मिथ लगायतलाई आउट पारेका थिए।

बोल्टले प्रतियोगितामा १७ विकेट लिए। उनले प्रतियोगितामा अष्ट्रेलियाकाविरुद्ध ह्याट्रिक समेत लिए। उनी १२औं म्यानको रुपमा टिम अफ द इअरको सुचिमा समावेश भएका हुन्।

भारतका रोहित शर्मा र जसप्रित बुम्राहले मात्रै टिम अफ द इअरमा स्थान बनाउँन सके। कप्तान विराट कोहली भने टिममा परेनन्। रोहितले यस विश्वकपमा प्रतियोगितामा सबैभन्दा बढी ६४८ रन बनाए। यस विश्वकपमा रोहितले ५ शतक प्रहार गरे।

जसप्रित बुम्राहले विश्वकपमा १८ विकेट लिए। यसैप्रतियोगिताबाट उनी भारतका लागि वानडेमा सर्वाधिक छिटो १०० विकेट लिने दोस्रो समेत बने। वानडे वरियतामा उनी शीर्ष स्थानमा समेत रहेका छन्।

टिम अफ द टुर्नामेन्टमा उपाधि विजेता इंग्ल्याण्डका जोसन रोय, जोव रुट, बेन स्टोक्स र जेफ्रा आर्चर परे। रोयले प्रतियोगितामा ४४३ रन प्रहार गरे। उनी रोहित शर्माको ओपनिङ जोडीका रुपमा टिममा परेका हुन्।

यस्तै मध्यक्रममा इंग्ल्याण्डका जोव रुटलाई टिममा राखिएको छ। रुटले ११ इनिङमा प्रतियोगितामा ५५६ रन बनाए। अलराउण्डरका रुपमा टिम अफ द टुर्नामेन्टमा फाइनल खेलका नायक इंग्ल्याण्डका बेन स्टोक्स छन्। स्टोक्सले फाइनलमा ८९ बलमा ८२ रनको नटआउट पारी खेलेका थिए।

यस्तै अर्का अलराउण्डरको रुपमा टिम अफ द टुर्नामेन्टमा बंगलादेशका शकिब अल हसन परेका छन्। शकिबले बंगलादेशका लागि यस प्रतियोगितामा ६०६ रन बनाए। उनले ११ विकेट समेत लिए।

टिम अफ द टुर्नामेन्टको विकेट किपरमा अष्ट्रेलियाका अलेक्स कोरी छानिए। कोरीले प्रतियोगितामा ३७५ रन बनाए। यस्तै अष्ट्रेलियाका मिचेल स्ट्राक तीव्रगतिका बलरका रुपमा छनौटमा परे। उनले यस प्रतियोगितामा २७ विकेट लिए। यो विश्वकपमा एउटा खेलाडीले लिएको सर्वाधिक विकेट समेत हो।

World Cup Team of the Tournament

1. Jason Roy (England) – 443 runs at 63.28

2. Rohit Sharma (India) – 648 runs at 81.00

3. Kane Williamson (c) (New Zealand) – 578 runs at 82.57

4. Joe Root (England) – 556 runs at 61.77

5. Shakib Al Hasan (Bangladesh) – 606 runs at 86.57, 11 wickets at 36.27

6. Ben Stokes (England) – 465 runs at 66.42, seven wickets at 35.14

7. Alex Carey (wk) (Australia) – 375 runs at 62.50, 20 dismissals

8. Mitchell Starc (Australia) – 27 wickets at 18.59

9. Jofra Archer (England) – 20 wickets at 23.05

10. Lockie Ferguson (New Zealand) – 21 wickets at 19.47

11. Jasprit Bumrah (India) – 18 wickets at 20.61

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .