ad ad

खेल


इङ्लिस प्रिमियरमा आर्सनलकाे लगातार दोस्रो हार, ब्राइटन विजयी

इङ्लिस प्रिमियरमा आर्सनलकाे लगातार दोस्रो हार, ब्राइटन विजयी

नेपालखबर
असार ७, २०७७ आइतबार ४:११,

कोरोना महामारीकैबीच पुनः सुरु इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो हार बेहोरेको छ।

शनिबार राति भएको खेलमा आर्सनल, ब्राइटनसँग २–१ ले पराजित भएको हो। आर्सनले सुरुमा अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा हार बेहोर्न बाध्य भएको हो।

जितसँगै ब्राइटनले तालिकामा महत्वपूर्ण ३ अंक थपेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६८औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए।

७५औं मिनेटमा लेविस डुङकले गोल गर्दै ब्राइटनलाई बराबरीमा ल्याए। दोस्रो हाफमो इन्ज्युरी समयमा निल माउपेले गोल गरेपछि ब्राइटन रोमाञ्चक जित निकाल्न सफल भएको हो।

३० खेलबाट ३२ अंक जोडेको ब्राइटन तालिकाको १५औं स्थानमा यथावत् छ। आर्सनलले भने २ स्थान माथि उक्लिने मौका गुमाएको छ।

शनिबार राति नै भएको अर्को खेलमा लेस्टर सिटी भने वाटफोर्टसँग बराबरीमा रोकिएको छ। वोल्भर हेम्प्टनले वेस्टहाम युनाइटेडलाई तथा क्रिस्टल प्यालेसले बर्नमाउथलाई समान २–० ले हराए।

जितसँगै वोल्भरहेम्प्टन ४६ अंकमा तालिकाको छैटौं स्थानमा उक्लेको छ। क्रिस्टल प्यालेस पनि ४२ अंकका साथ तालिकाको नवौं स्थानमा छ। प्रिमियर लिगमा आइतबार राति शीर्ष स्थानको लिभरपुलले एभर्टनसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै चेल्सी र एस्टन भिल्ला तथा न्यु क्यासल युनाइटेड र सेफिल्ड युनाइटेड भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .