ad ad

खेल


राखेपका शर्त नमान्ने ओलम्पिक कमिटीसहितका खेल संस्था सरकारले विघटन गर्ने

राखेपका शर्त नमान्ने ओलम्पिक कमिटीसहितका खेल संस्था सरकारले विघटन गर्ने

नेपालखबर
असार २९, २०७६ आइतबार ९:३,

सरकारले राष्ट्रिय खेलकुद परिषदका शर्त नमान्ने ओलम्पिक कमिटीलगायतका खेलसँग सम्बन्धित संघ, संस्थालाई विघटन गर्ने भएको छ।

संघीय संसदको विधायन व्यवस्थापन समितिको आइतबारको बैठकमा ‘खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले ६ महिनासम्म पनि राष्ट्रिय खेलकुद परिषदको सर्त पालना नगर्ने ओलम्पिक कमिटीसहितका खेलसँग सम्बन्धित संघ, संस्थालाई विघटन गर्ने कानुनी व्यवस्था गर्न लागिएको जानकारी दिए।

विधेयकमा उल्लेख गरिएको सो प्रावधान राष्ट्रिय÷अन्तराष्ट्रिय अभ्यास र सर्वोच्च अदालतको फैसलाअनुसार नै राखिएको उनले पनि दाबी गरे। विधेयकमा खेलकुद संघहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने र राष्ट्रिय खेलुकद परिषदमा अनिवार्य आवद्ध हुनुपर्ने पनि प्रस्ताव गरिएको छ। मन्त्री विश्वकर्माले परिषदका सर्त नमान्ने खेलकुद संघ, संस्थाहरुलाई ६ महिनासम्म निलम्बन गर्ने प्रावधान पनि विधेयकमा रहेको जनाए।

बैठकमा समिति सदस्यहरुले ओलम्पिक कमिटीलगायतका खेलसँग सम्बन्धित संघ, संस्थाहरुको आवद्धता राष्ट्रिय खेलकुद परिषद बाहेकमा पनि हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका थिए।

समितिका सदस्य ठगेन्द्रप्रकाश पुरीले अन्तर्राष्ट्रिय खेलहरुसँग आवद्ध संघहरुलाई राष्ट्रिय खेलकुद परिषद बाहेकका संस्थाहरुसँग पनि संस्थागत रुपमा आवद्ध हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे।

खेलकुद क्षेत्रको विकासका लागि पनि समाज कल्याण परिषद, गैर सरकारी संस्थाहरुसँग खेलकुद संघहरुले आवद्ध हुन पाउनुपर्ने उनको तर्क थियो।

समितिका सदस्यहरुले खेलकुद पदाधिकारीहरुको चयन गर्दा खेलकुद क्षेत्रमा आवद्ध भएका व्यक्तिहरुलाई नै समावेश गर्न पनि सरकारलाई सचेत गराएका थिए।

भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .