राष्ट्रिय टोलीका लागि सर्वकालिक शीर्ष गोलकर्ता मेम्फिस डेपेलाई समेट्दै फिफा विश्वकप २०२६ का नेदरल्यान्ड्सको अन्तिम टोली घोषणा भएको छ।
मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले विश्वकपका लागि २६ खेलाडीको टोली घोषणा गरेका छन्। कोम्यानले घोषणा गरेको टोलीमा डच टोलीका सर्वकालीन शीर्ष गोलकर्ता मेम्फिस डेपेले स्थान बनाउन सफल भएका छन्।
तिघ्राको चोटका कारण दुई महिना मैदान बाहिर रहेका उनी ठिक भइसकेका छन्। उनले २४ मेमा एटलेटिको मिनेइरोमाथि कोरिन्थियन्सको १-० को जितमा दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा पुनरागमन गरेका हुन्।
३२ वर्षीय डेपेलाई कोडी गाक्पो र डोनेएल मालेन जस्ता खेलाडीले आक्रमणमा साथ दिनेछन्। सेन्टर–ब्याक भर्जिल भान डाइकले विश्वकपमा डच टोलीको कप्तानी गर्नेछन्।
विश्वकप खेल्ने नेदरल्यान्ड्सको टोली:
गोलरक्षक: मार्क फ्लेकन, रोबिन रोफ्स, बार्ट भरब्रुगेन
डिफेन्डर: नाथन एके, डेनजेल डम्फ्रिज, जोरेल हटो, जुरियन टिम्बर, जन पॉल भ्यान हेके, भर्जिल भ्यान डाइक, मिकी भ्यान डे भेन
मिडफिल्डर: फ्रेन्की डे जोंग, मार्टेन डे रुन, रायन ग्रेभेनबचे, ट्युन कुपमेइनर्स, तिज्जानी रेइन्डर्स, गुस तिल, क्विन्टेन टिम्बर, म्याट विफर
फरवार्ड: ब्रायन ब्रोबी, मेम्फिस डिपे, कोडी गाक्पो, जस्टिन क्लुइभर्ट, नोआ लाङ, डोनिएल मालेन, क्रिसेन्सीयो समरभिल्ले, वाउट वेगोस्टे
Shares

प्रतिक्रिया