भारतमा सुरु भएको साफ महिला च्याम्पियनसिपमा नेपाल विजयी सुरुवात गरेको छ।
सोमबार गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई पराजित गरेको हो। भुटानविरुद्धको खेलमा नेपाल १-० गोलअन्तरले विजयी भयो।
खेलको २३औँ मिनेटमा गीता रानाको प्रहार भुटानकी खेलाडीलाई लाग्दै गोलमा परिणत भएको थियो। पेनाल्टी एरियामा गीताको प्रहारलाई जोगाउने क्रममा आफ्नै पोस्टमा पुगेको थियो।
खेलको ३७ औँ मिनेटमा रेखा पौडेलको प्रहार सेकेन्डबारमा लाग्दै बाहिरिँदा नेपालले अग्रता दोब्बर पार्ने मौका गुमायो। खेलको दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्।
381
Shares

प्रतिक्रिया