आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएई सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
ओमानविरुद्धको पहिलो खेलमा डीएलएस मेथडमा १ सय २ रनको फराकिलो हार व्यहोरेको नेपाली टोली आजको खेलमा त्यो हारको बदला लिन चाहन्छ।
यसैबिच मुख्य प्रशिक्षक स्टुआर्ट लले अघिल्लो खेलबाट दुई खेलाडी परिवर्तन गरेका छन्। आजको खेलमा आशिफ शेख र करण केसी प्लेइङ-११ मा आउँदा भीम सार्की र सोमपाल कामी बेन्चमा छन्।
ओमानविरुद्धको पहिलो खेलमा डीएलएस मेथडमा १ सय २ रनको फराकिलो हार बेहोरेको नेपाली टोली आजको खेलमा त्यो हारको बदला लिन चाहन्छ।
नेपालको प्लेइङ-११
विनोद भण्डारी, आशिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित नारायण राजवंशी
यो पनि : लिग-२ : घरेलु मैदानमा ६ अंक जोड्ने रणनीतिमा नेपाल (प्रिभ्यु)
Shares

प्रतिक्रिया