आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज घरेलु टोली रुवान्डासँग खेल्दै छ।
रुवान्डाको किगालीस्थित गहंगा क्रिकेट स्टेडियम ओभल ‘बी’मा हुने खेल पौने १ बजे सुरु हुनेछ। घरेलु टोलीविरुद्ध मैदान उत्रिँदा नेपाली टोली दोस्रो जितको खोजीमा छ।
पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा भने इटालीलाई ५० रनले हराएको थियो।
नेपालले शुक्रबार भानुआटुसँग र आइतबार अमेरिकासँग खेल्ने तालिका छ। यसैगरी २८ अप्रिलमा रुवान्डासँग, ३० अप्रिलमा भानुआटासँग र अन्तिम खेल १ मेमा इटालीसँग खेल्ने तालिका छ।
च्यालेन्ज ट्रफी प्रतियोगिता आगामी १ मेसम्म रुवान्डामा चल्नेछ। च्यालेन्ज ट्रफीमा अमेरिकाबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपबाट इटाली, पूर्र्वी एसियाबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा सहभागी छन्।
Shares

प्रतिक्रिया