खेल


कप्तान रोहितले दिए नेपाललाई ब्रेक थ्रु

कप्तान रोहितले दिए नेपाललाई ब्रेक थ्रु

लक्ष्मी जि.सी
फागुन ५, २०८२ मंगलबार २०:८, मुम्बई (भारत)

आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा कप्तान रोहित पौडेलले स्कटल्यान्डको ८० रनको साझेदारी तोडेका छन्।

मुम्बइको वानखेडे स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको स्कटल्यान्डले १० ओभरको समाप्तीमा १ विकेटको क्षतिमा ८० रन बनाएको छ। 

१०औँ ओभरमा जर्ज र माइकलले साझेदारी गर्दै स्कटल्यान्डलाई विशाल योगफलतर्फ उन्मुख गराएका थिए। जर्जको विकेट लिँदै रोहितले नेपाललाई ब्रेक थ्रु दिएका थिए। 

कप्तान रोहितले १०औँ ओभरको अन्तिम बलमा अ‍ोपनर जर्ज मुन्सेलाई सन्दीप जोराको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए। 

२९ बलमा ४ चौका सहयोगमा २७ रन बनाएका मुन्से आउट भए। अर्का ओपनर माइकल जोन्सले अर्धशतक पूरा गरेपछि त्यसको पहिलो बलमा मुन्से आउट भएका हुन्। 

अहिले क्रिजमा माइकल ५० रनमा अविजित छन्। क्रिजमा ब्रान्डोम म्याकमुलेन आएका छन्। 

स्कटल्यान्डले पावर प्ले मा विना विकेटको क्षतिमा ५२ रन बनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad