आईसीसी टी-२० विश्वकपअन्तर्गत आज (आइतबार) समूह चरणको आफ्नो तेस्रो खेलमा नेपाल दुईपटक विश्वकप जितेको वेस्ट इन्डिजसँग भिड्दै छ।
भारतको मुम्बईस्थित वानखेडे रगंशालामा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। वेस्ट इन्डिजसँग नेपाल भिड्नुअघि वानखेडे रगंशालामा ठूलो संख्यामा नेपाली समर्थक पुगेका छन्।
यसअघिका २ खेलमा लगातार पराजित नेपाली क्रिकेट टोली आज बलियो टोली वेस्ट इन्डिजलाई हराउँदै पहिलो जित दर्ता गराउने दाउमा छ।
पहिलो खेलमा इङ्ग्ल्यान्डसँग ४ रनले पराजित भए पनि नेपालको प्रदर्शनको प्रशंसा भएको थियो। तर दोस्रो खेलमा नेपालले इटालीसँग १० विकेटको फराकिलो हार बेहोर्यो। जसलाई लज्जास्पद अवस्था मानियो।
आजको खेल पनि हारेमा नेपाल सुपर ८ मा पुग्ने सम्भावना सकिनेछ।
उता वेस्ट इन्डिज भने आज नेपाललाई जिते एक खेलअगावै सुपर ८ मा पुग्नेछ। वेस्ट इन्डिजले पहिलो खेलमा इङ्ग्ल्यान्डलाई ३५ रनले हराएको थियो भने दोस्रो खेलमा इङ्ग्ल्यान्डविरुद्ध ३० रनको जित हासिल गरेको थियो।
यसअघि यूएईमा भएको ३ खेलको टी-२० सिरिजमा वेस्ट इन्डिज नेपालसँगै २–१ ले पराजित भएको थियो।
हेर्नुहाेस् थप तस्बिर










Shares

प्रतिक्रिया