खेल


नेपालको समूहमा रहेको इंग्ल्यान्डले घोषणा गर्‍यो टी२० विश्वकप खेल्ने टोली

नेपालको समूहमा रहेको इंग्ल्यान्डले घोषणा गर्‍यो टी२० विश्वकप खेल्ने टोली

नेपालखबर
पुस १५, २०८२ मंगलबार १६:०, काठमाडौँ

नेपालको समूहमा रहेको इंग्ल्यान्डले आगामी फेब्रुअरी र मार्च महिनामा भारत र श्रीलंकामा हुने टी२० विश्वकप क्रिकेट खेल्ने टोली घोषणा गरेको छ। 

नेपाल, वेस्ट इन्डिज, बंगलादेश र इटाली सम्मिलित ग्रुप सीमा रहेको इंग्ल्यान्डले १५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो। 

घोषित टोलीमा ह्यारी ब्रुक, रिहान अहमद, योफ्रा आर्चर, टम ब्यान्टन, ज्याकब बथल, जस बटलर, साम कुरान, लियाम डसन, बेन डकिट, विल ज्याक्स, ज्यामी ओभरटन, आदिल राशिद, फिल साल्ट, जस टंग र ल्युक वुड रहेका छन्। 

इंग्ल्यान्डले फेब्रुअरी ८ मा भारतको मुम्बईमा नेपालसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। विश्वकपअघि इंग्ल्यान्डले श्रीलंकामा तीन एक दिवसीय अन्तर्राष्ट्रिय र तीन टी२० खेल खेल्नेछ। 

यो ग्रुपका सबै खेल भारतको कोलकाता र मुम्बईमा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad