खेल


अन्तर्राष्ट्रिय डेब्यु खेलमै मेस्सीले रातोकार्ड पाएका थिए

अन्तर्राष्ट्रिय डेब्यु खेलमै मेस्सीले रातोकार्ड पाएका थिए

नेपालखबर
असार २४, २०७६ मंगलबार ९:४५,

क्लब स्तरका सबै उपाधि उनले पाएका छन्। तर अन्तर्राष्ट्रिय उपाधि जित्न सकिरहेका छैनन्।

देशका लागि मेस्सीले सन् २००५ मा फिफा यू२० विश्वकप जितेका छन् भने २००८ मा ओलम्पिक गोल्ड मेडल जितेका छन्।

यद्यपी अन्तर्राष्ट्रिय छवीका लागि मेस्सीले विश्वकप र कोपा अमेरिकाजस्ता उपाधि जित्नुपर्ने फुटबल पण्डितहरु बताउँछन्।

बीबीसी स्पोर्ट्सका टिम भिकेरी भन्छन्,‘मेस्सीको अन्तर्राष्ट्रिय खेल जीवन श्रापयुक्त छ। किनभने उनले अन्तर्राष्ट्रिय डेब्यु खेलमै रातोकार्ड पाएका थिए।’

सन् २००५ मा मेस्सीले अर्जेन्टिनाको तर्फबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए। त्यसबेला उनी पहिलो खेलमा नै रेडकार्ड पाएर बाहिर निस्कनु परेको थियो।

हंगेरीविरुद्धको मैत्रीपूर्ण खेलमा मेस्सी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए। खेलको ६३ औं मिनेटमा मैदान प्रवेश गरेका मेस्सी एक मिनेटमै अर्थात् ६४ औं मिनेटमै रातोकार्ड पाएर मैदान बाहिर गएका थिए।
उनले विपक्षी खेलाडीलाई कुँइनाले हिर्काएका थिए।

त्यसयता क्लबस्तरमा ५ वटा बालुन डि’ओर, ६ गोल्डेन बुट जितेर इतिहास रचेका मेस्सीले दर्जनौं उपाधि र उपलब्धी हासिल गरेका छन्। तर देशका लागि अन्तर्राष्ट्रिय उपाधि जित्न भने उनी विमुख छन्।

मेस्सीको पहिलो रातोकार्ड (भिडियो)

यसपटकको कोपा अमेरिकालाई मेस्सीको अन्तर्राष्ट्रिय उपाधिको गोरेटोको रुपमा हेरिएको थियो। यद्यपी अर्जेन्टिनालाई ब्राजिलले २–० ले हराएपछि उनको अन्तर्राष्ट्रिय उपाधिको सपना तुहियो।

मेस्सीलाई लगातार तीन वर्ष सन् २०१४, २०१५ र २०१६ मा अन्तर्राष्ट्रिय उपाधि जित्ने ठूलो अवसर थियो।

सन् २०१४ मा अर्जेन्टिना मेस्सीकै कप्तानीमा विश्वकप फाइनलमा पुगेको थियो। सन् २०१५ र २०१६ मा अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा लगातार पुगेको थियो।

तर यी सबै उपाधिका लागि भएको भिडन्तमा अर्जेन्टिनाले बलियो प्रदर्शन गरे पनि कुनैमा उपाधि हात पार्न सकेन।

यस प्रसंगमा भिकेरी भन्छन्,‘अन्तर्राष्ट्रिय खेल जीवनको सुरुवात नै रेडकार्डबाट गरेका मेस्सीको अन्तर्राष्ट्रिय करियर श्रापयुक्त देखिन्छ।’

सन् २००५ मा पहिलो रेडकार्ड पाएका मेस्सीले त्यसयता १४ वर्षमा कुनै रातोकार्ड पाएका थिएनन्।

हालै सम्पन्न कोपा अमेरिकाको तेस्रो स्थानका लागि भएको खेलमा मेस्सीले रातो कार्ड पाएका थिए। यो उनको खेल जीवनकै दोस्रो रेडकार्ड हो।

मेस्सीसँग अझै उमेर छ। उनले अर्को विश्वकप र अन्य कोपा अमेरिका अझै खेल्न बाँकी नै छ। उनको अन्तर्राष्ट्रिय उपाधि त्यसैबेलाका खेल परिणामले निर्धारण गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad