खेल


एन्फाले लकडाउनका कारण समस्यामा परेका खेलाडीलाई सहयोग गर्ने

एन्फाले लकडाउनका कारण समस्यामा परेका खेलाडीलाई सहयोग गर्ने

नेपालखबर
बैशाख १७, २०७७ बुधबार १२:४८,

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण समस्यामा परेका आफ्ना सदस्य सस्थांहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहयोग गर्ने भएको छ।

कोरोनाका कारण आफ्ना सबै गतिविधि स्थगित गरेका संघमा आबद्ध फुटबलकर्मीलाई सहयोग गर्ने एन्फाले जनाएको हो।

बुधवार एन्फा पदाधिकारीले भिडियो मिटिङ गर्दै फिफाको मापदण्डअनुसार नै रहेर सहयोग उपलब्ध गराउने निर्णय गरेको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए।

विश्व फुटबल महासंघ फिफाले आफ्ना सदस्यहरुलाई सहयोग गर्ने निर्णय गरेसँगै एन्फाले फुटबलकर्मीको नाम संकलन गर्न कमिटी गठन गरेको हो। सघंले अफ्ठ्यारोमा रहेका जिल्ला फुटबल संघ, क, ख, ग श्रेणीका क्लबहरु, खेलाडी, रेफ्री, प्रशिक्षक र महिला संघका सदस्यहरुलाई प्रमाणीकरण गर्दै आवश्यक सहयोग गर्ने निर्णय गरेको प्रवक्ता राईले जानकारी दिए।

खेलाडी र फुटबलकर्मीलाई सहयोग गर्न स्वास्थ्य समितिका संयोजक रत्नकुमार श्रेष्ठको संयोजकत्वमा उत्तरकुमार भण्डारी र रुपेश अधिकारी सदस्य रहेको राहत तथा समन्वय समिति गठन गरेको छ।

प्राप्त सदस्यको सुची सचिवालयको पत्र प्राप्त भएको ५ दिनभित्र संघको सचिवालयमा उपलब्ध गराउने र प्रमाणीकरण गरेर सहयोग गर्ने एन्फाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad