खेल


आईसीसी महिला क्रिकेट: विश्वकप उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै

आईसीसी महिला क्रिकेट: विश्वकप उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै

नेपालखबर
कात्तिक १६, २०८२ आइतबार १३:३५, काठमाडौँ

आईसीसी महिला क्रिकेट विश्वकपको उपाधिका लागि आज (आइतबार) भारत र दक्षिण अफ्रिका भिड्दैछन्। भारतको नवी मुम्बइमा हुने खेल दिउँसो सवा ३ बजेपछि सुरु हुनेछ। 

भारतमा हुने विश्वकपको फाइनलमा नयाँ विजेताले उपाधि उचाल्नेछन्। 

फाइनल अघि दुवै टोली उपाधि जित्ने लक्ष्यमा मैदान उत्रँदैछन्। पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले इङल्यान्डलाई १ सय २५ रनले पराजित गर्दै उपाधि नजिक पुगेको थियो। 

भारतले भने अस्ट्रेलियामाथि ५ विकेटको जित निकाल्दै दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हाे। 

महिला विश्वकपको फाइनलअघि भारतीय गायिका सुनिधी चौहानले विशेष प्रस्तुती दिनेछिन्। गायिका सुनिधिसँगै ६० जना डान्सरको समुहले प्रस्तुती दिने आइसीसीले जनाएको छ। यस्तै कोरियोग्राफर संजय सेट्टीले विशेष आतिशबाजी प्रदर्शन पनि गर्नेछन्। 

फाइनलमा लेजर शो, ३ सय ५० मास्ट कास्ट कलाकार र ड्रोन प्रस्तुती पनि समावेश गरिनेछ। 

फाइनलअघि गायिका सुनिधिले भारतको राष्ट्रिय गान प्रस्तुत गर्नेछिन्। दक्षिण अफ्रिकाको राष्ट्रिय गान भने केप टाउनको ट्यारिन बैकले गाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad