नेपालले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक पहिलो टी–२० शृंखलामा चौथो विकेट झारेको छ।
वेष्ट इण्डिजविरुद्धको तीन खेलको ऐतिहासिक टी–२० आई सिरिज अन्तर्गत पहिलो खेलमा नेपाली टोलीसामु वेष्ट इण्डिजको टोली दबाबमा आएको छ।
युएईको शारजाह क्रिकेट मैदानमा नेपालले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले नवौँ ओभरमा चार विकेट गुमाएसँगै टोली दबाबमा आएको हो।
वेष्ट इण्डिजका अमिर जांगो १९ रन बनाउँदा ललित राजवंशीको बलमा सन्दीप जोराको हातबाट क्याच आउट हुन पुगे।
कप्तान रोहित पौडेलले आठौँ ओभरको चौथो बलमा जेवेल एन्ड्रयुलाई ५ रनमा सन्दीप जोराको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए।
नन्दन यादवले पाचौँ ओभरको पाचौँ बलमा अकिम अगस्तेलाई १५ रनमा दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट गराउँदै विकेट लिएका हुन्।
दोस्रो ओभरको दोस्रो बलमा ओपनर केली मेयर्स ५ रनमा रन आउट भए।
Shares

प्रतिक्रिया