तर उनको स्थान क्लबले जोआ फिलिक्सलाई जर्सी नं ७ दिएर पुर्ति गरेको छ। जोआ १९ वर्षीय खेलाडी हुन्।
उनलाई बेनिफिकाबाट एथ्लेटिकोले यसै महिनाको सुरुवातमा १२६ मिलियन युरोमा क्लबमा अनुबन्ध गरेको हो।
मार्काका अनुसार हाल ग्रीजम्यान बार्सिलोनासँगको अन्तिम छलफलमा छन्। गत सिजन बार्साले उनलाई अनुबन्ध गर्न चाहेको थियो। तर त्यसपटक बार्साको अफर अस्वीकार गरेका ग्रीजम्यान यतिबेला बार्सिलोना आउन चाहिरहेका छन्।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार ग्रीजम्यान र बार्साको छलफल अन्तिम चरणमा पुगेको छ। एथ्लेटिको मड्रिडले जर्सी नं ७ अर्को खेलाडीलाई दिएपछि ग्रीजम्यान एथ्लेटिकोमा नरहने लगभग पक्काजस्तै भएको छ।
परिस्थितीलाई मूल्यांकन गर्दै फुटबल पण्डितहरु ग्रीजम्यान बार्सा अनुबन्ध हुनेमा आशावादी रहेको बताउँछन्।
नयाँ सिजनमा फिलिक्सलाई डिएगो कोस्टा, अल्भारो मोराटासँग लाइन अप गरिने छ।

प्रतिक्रिया