ला लिगामा रियल म्याड्रिडले लेभान्टेमाथि सहज जित हासिल गर्दै सिजनको प्रभावशाली सुरुवातलाई निरन्तरता दिएको छ।
केलियन एमबाप्पेले दुई गोल गर्दा रियलले लगातार छैठौँ जित हात पारेको हो।
टोली २–१ ले अगाडि रहेको बेला फ्रान्सेली फर्वाडले दुई मिनेटको अन्तरालमा दोहोरो गोल गरे। यो जितसँगै रियल दोस्रो स्थानको बार्सिलोनाभन्दा पाँच अंकले अगाडि बढेको छ।
एमबाप्पेले ६४ औँ मिनेटमा पेनाल्टी मार्फत आफ्नो पहिलो गोल गरे।
त्यसपछि उनले अर्डा गुलरले स्लिप गरेपछि कुशलतापूर्वक फिनिश गर्दै जारी सिजनमा आफ्नो गोल संख्या ७ पुर्याए।
त्यसअघि भिनिसियस जुनियरले रियललाई अगाडि बढाएका थिए।
त्यसपछि भिनिसियसकै पासमा फ्रान्को मास्टान्टुओनोले दोस्रो गोल गरे।
१८ वर्षीय अर्जेन्टाइन खेलाडीको रियलमा आएपछि यो पहिलो गोल थियो। यससँगै उनी उनी लिगका चौथो कान्छा गोलकर्ता बने।
लेभान्टेले इभान रोमेरोको क्रसलाई एटा इयोङले हेड गर्दै अग्रता घटाए।
तर एमबाप्पेको तीव्र गतिलाई रोक्न नसक्दा फराकिलो हार भोग्यो।
जाबी अलोन्सो आफ्नो पहिलो छ ला लिगा खेलहरू जित्ने क्लबको दोस्रो प्रशिक्षक बने।
शनिबार एटलेटिकोमा हुने म्याड्रिड डर्बीमा २००५ मा आफ्नो पहिलो सात खेल जितेका भान्डरली लक्जमबर्गोसँग बराबरी गर्ने मौका उनलाई हुनेछ।
बिहीबार ओभिडोको भ्रमण गर्दा बार्सिलोनाले शीर्ष स्थानमा रियलको अग्रता घटाउन सक्छ।
Shares

प्रतिक्रिया