खेल


भारतीय लिग रद्द, शीर्ष स्थानमा रहेको मोहन बगानलाई उपाधि

भारतीय लिग रद्द, शीर्ष स्थानमा रहेको मोहन बगानलाई उपाधि

नेपालखबर
बैशाख ७, २०७७ आइतबार ६:५९,

कोरोना भाइरस (कोभिड–१९) का कारण भारतीय आई लिग रद्द हुने भएको छ।

आईलिग कमिटीको शनिबार बसेको बैठकले लकडाउनका कारण बाँकी खेल सुरु हुन नसक्ने भएपछि बाँकी खेल रद्द गर्दै उपाधि मोहन बगानलाई दिने घोषणा गरेको हो। चारखेल बाँकी रहँदा ३९ अंकसहित मोहन बगान शीर्ष स्थानमा रहेको थियो।

योसँगै नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ सहभागी टोली पञ्जाव भने तेस्रो स्थानमा रहेर लिग सकाएको छ।

पञ्जावले १६ खेलबाट २३ अंक जोडेको छ। समान अंकबाट ईष्ट बंगाल दोस्रो स्थानमा छ। लिगमा ४ चरणको खेल बाँकी हुँदै मोहन बगानले उपाधि जितेको हो।

कोरोना सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछ लिगका बाँकी खेल अनिश्चित समयका लागि स्थगित भएको थियो। कमिटीले यो सिजनमा कुनै पनि क्लवलाई रेलिगेसनमा नर्झान सिफरिस गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .