अस्ट्रेलियामा जारी टप इन्ड टी-ट्वान्टी सिरिजअन्तर्गत आफ्नो चौथो खेलमा आज (मंगलबार) नेपाल होबार्ट हरिकेन्सविरुद्ध खेल्दै छ।
खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा सुरु हुनेछ।
होवर्ट हुरिकेन्स नेपालका लेग स्पिनर सन्दीप लामिछानेको पूर्वक्लबसमेत हो। सन्दीप आजको खेलमा आफ्नै पूर्वफ्रेन्चाइज टोलीविरुद्ध मैदान उत्रनेछन्।
अघिल्ला तीन खेलमा लगातार पराजित नेपाल आज पहिलो जित हासिल गर्ने प्रयासमा हुनेछ।
आफ्नो तेस्रो खेलमा नेपालले सोमबार मेलबर्न स्टार्ससँग ३१ रनले हार्यो भने त्यसअघि दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले हारेको थियो।
पहिलो खेलमा नेपाल आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइक नर्थन टेरिटोरी स्ट्राइक (एनटीएस) सँग ४२ रनले हारेको थियो।
लगातार तीन खेलमा हार भोगेपछि नेपाल अंकविहीन रूपमा तालिकाको १०औँ स्थानमा छ।
सिरिजका तीन खेलमध्ये १ मा जित र एकमा हार भएको होबार्ट हरिकेन्स २ अंकमा तालिकाको सातौँ स्थानमा छ।
सिरिजअन्तर्गत नेपालले जम्मा ६ खेल खेल्नेछ। आज चौथो खेल खेल्न लागेको हो।
Shares

प्रतिक्रिया