वात्सल्य एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभी)का लागि काठमाडौँ स्पाइकर्सले काजखस्तानकी खेलाडी अलेना कोलोतीजिनालाई अनुबन्ध गरेको छ।
काठमाडौँ स्पाइकर्सले दोस्रो विदेशी खेलाडीको रुपमा अलेनाको नाम घोषणा गरेको हो। काठमाडौँ स्पाइकर्सले यसअघि बुल्गेरियन सेटर नेकोभा निकोलाएभालाई अनुबन्ध गरिसकेको छ।
२९ वर्षीय अलेनाले अपोजिट हिटर हुन्। अलेनाले काजखस्तानको भीसी कौन्यास र अरु अस्तानाबाट खेलिसकेकी छन्। उनले एभिसी महिला च्याम्पियन्स लिग समेत खेलिसकेकी छन्।
दुई विदेशी खेलाडी नकोभा र अलेनालाई अनुबन्ध पछि काठमाडौं स्पाइकर्सको टिम अझ सन्तुलित र मजबुत हुने टिमको विश्वास छ। पहिलो सिजनमा काठमाडौँमा टर्कीए र बुल्गेरियका विदेशी खेलाडीले खेलेका थिए।
एभरेष्ट महिला भलिबल लिगका लागि तीन विदेशी खेलाडी अनुबन्ध गर्न प्रावधान छ । तेस्रो तथा अन्तिम विदेशी खेलाडी पनि छिटै घोषणा गर्ने तयारी गरेको छ।
पहिलो संस्करणको लिगमा तेस्रो भएको काठमाडौं स्पाइकर्सले दोस्रो सिजन अझ बलियो भएर आउने र कोर्टमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ। दोस्रो संस्करणका लागि काठमाडौँले लोकबहादुर बुढालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो सिजन आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५-१३) हुनेछ।
Shares

प्रतिक्रिया