अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी-२० प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ।
आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रमको आयोजना गरेर उनीहरुको विदाइ गरेको हो।
अस्ट्रेलिया जाने टोलीमा रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेशकुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल र लोकेश बम रहेका छन्।
त्यस्तै ललित राजवंशीलाई भने शाहव आलमले विस्थापित गरेका छन्। ललितकी आमाको आजै निधन भएकाले क्यानले उनको ठाउँमा शाहवलाई अस्ट्रेलिया पठाएको हो।
नेपालले अस्ट्रेलियामा ६ वटा खेल खेल्ने छ। जसमा पाकिस्तान ए र बंगलादेश ए टोली समेत रहेका छन्।
टप एन्ड टी-२० प्रतियोगिता अगष्ट १४ देखि २४ सम्म चल्ने छ।
Shares

प्रतिक्रिया