खेल


विश्व एक्वेटिक्समा चार पौडी खेलाडी

विश्व एक्वेटिक्समा चार पौडी खेलाडी

नेपालखबर
साउन ९, २०८२ शुक्रबार २१:३, काठमाडौँ

सिङ्गापुरमा आयोजना हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट चार पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। त्यसका लागि खेलाडीसहित ६ सदस्यीय नेपाली टोली आज राति ११ः०० बजे त्यसतर्फ प्रस्थान गर्दैछन्।

प्रतियोगितमा समान २–२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। चारै खेलाडीले समान २–२ स्पर्धामा भाग लिने छन्।

पुरुषतर्फ इर्भिन श्रेष्ठले एकसय र दुई सय मिटर फ्रिस्टायल तथा अजलकाजी ताम्राकारले ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइमा प्रतिस्पर्धा गर्ने छन्। महिलामा ओलम्पियन डुवाना लामाले २ सय मिटर फ्रिस्टायल र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा आर्या महर्जनले ५० र एकसय मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन्।

व्यवस्थापकमा नेपाल पौडी सङ्घका सदस्य विकास शर्मा तथा प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पौडी मुख्य प्रशिक्षक शंकर कार्की रहेका छन्।

जुलाइ ११ देखि सुरु भइसकेको उक्त प्रतियोगिता अगष्ट ३ तारिखसम्म चल्ने छ। नेपालको खेल भने जुलाई २७ तारिखदेखि मात्र सुरु हुने नेपाल पौडी सङ्घका सचिव गंगालाल गोलेले जानकारी दिए।

जुलाई २७ मा अजलले ५० मिटर बटरफ्लाइ, २८ मा डुवानाले एक सय मिटर ब्रेस्टस्ट्रोक र इर्भिनले दुई सय मिटर फ्रिस्टायल तथा २९ मा डुवानाले २ सय मिटर फ्रिस्टायलमा खेल्ने तालिका छ। 

त्यस्तै जुलाई ३० मा इर्भिनले १ सय मिटर फ्रिस्टायल, ३१ मा आर्याले १ सय मिटर फ्रिस्टायल, अगष्ट १ मा अजलले ५० मिटर फ्रिस्टायल र २ मा आर्याले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन्। टोली अगष्ट ४ तारिखमा स्वदेश फर्किने छ।

टोलीलाई राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ, पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, अभिभावकलगायतले आजै यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गरे।

सो अवसरमा सदस्य–सचिव घिसिङले खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे। अध्यक्ष जगतमान श्रेष्ठले खेलाडीबाट कम्तीमा दुई वटा राष्ट्रिय कीर्तिमानको अपेक्षा गरेको बताउदै पौडीको विकास र विस्तारमा अभिभावकले पुर्‍याएको योगदानको प्रशंसा गरे।
    
मुख्य प्रशिक्षक कार्कीले प्रतियोगिताले २०औँ एसियाली खेलकुदको तयारीमा पनि मद्दत पुग्ने बताउँदै खेलाडीले उच्च प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad